महोत्तरी– सोनमा गाउँपालिका–२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सोही नगरपालिका–७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् ।


ADVERTISEMENT

# # #


सोही नगरपालिका–७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरि, नवलपरासी (पश्चिम)– पाल्हिनन्दन गाउँपालिका–१ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको पनि कुटपिटबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार, उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई नियन्त्रणमा लिएको छ ।

यी दुवै विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।