सिन्ह्वा– रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताएका छन् ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याएका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैले यस प्रक्रियाका लागि अफगानिस्तानमा हाल सत्तामा रहेका तालिबानहरुसँग सहकार्य गर्नुपर्ने र उनीहरुलाई शान्ति र अफगानिस्तानको स्थायित्वका लागि सहयोग पनि गर्नुपर्ने भाव व्यक्त गरेका छन् । उनले हाल अफगानिस्तानको अवस्था नाजुक रहेकाले सहयोग गर्न सबै विश्व समुदाय लाग्नुपर्नेमा पनि जोड दिएको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदायलाई आह्वान गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री खानले पनि सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघ मार्फत् विश्व समुदाय समक्ष आग्रह गरेका थिए ।

उहाँले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देश र यहाँका जनतालाई सहयोग गर्न विश्व समुदाय पछि पर्न नहुने बताए । रासस