काठमाडौँ – नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् । पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नीतिगत समस्याहरु समस्याहरु समाधान गर्ने बताइन् ।


ADVERTISEMENT

# # #


उनले सहरीकरणलाई व्यवस्थित गर्न अहिलेको अवस्थाका विकासका योजनाहरुलाइ परिवर्तन गर्नुपर्ने धारणा राखिन् । शहरी विकासको अवधारणालाई एकीकृत रुपमा अघि बढाउनुपर्ने उनको भनाई छ ।  उनले सहरी विकास मन्त्रालयको बजेट फ्रिज हुन नदिन कर्मचारीलाई निर्देशन दिइन् ।

यसअघि मन्त्री झाँक्रीलाई सिंहदरबारमा मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।