धनकुटा – चौबीसे गाउँपालिका–१ गडेरेका भीमबहादुर श्रेष्ठको घर पहिरोले पुरिँदा दशैंमा टीका थाप्न आएका आफन्तले पनि ज्यान गुमाएका छन्। ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।


ADVERTISEMENT


६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षका उनका नाति विनोद श्रेष्ठ, ५ वर्षकी नातिनी निर्जला श्रेष्ठको निधन भएको छ। दशैंमा टीका थाप्न दमकबाट आएका श्रेष्ठका दाजुका छोरा सञ्जीव श्रेष्ठको परिवारले पनि पहिरोमा ज्यान गुमाएको छ। सञ्जीवका दुई छोरा सन्जेल र दिप्सन श्रेष्ठको पनि घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले बताए।


ADVERTISEMENT

# # #


दशैंमा टीका थाप्न र आशीर्वाद लिन हिँडेका उनीहरूको मृत्युको खबर सुन्दा विश्वास नै नलागेको सन्दीपका ससुरा चन्द्रबहादुर तामाङले टेलिफोनमा बताए। दशैंमा टीका थाप्न भनेर माइत आएकी भीमबहादुरकी छोरी लक्ष्मी श्रेष्ठको पनि पहिरोमा परी ज्यान गएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट ।