विराटनगर – विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुगेका छन् ।


ADVERTISEMENT


विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट आज बिहान ११ः२७ बजे यात्रा शुभारम्भ गरेका थिए । छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने उनले विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले आफूले यात्रा लगातार १८ वर्षदेखि गर्दै आएको र विगत ६ वर्षदेखि भतिज पराजुलीले पनि सोही यात्रामा साथ दिँदै घाटसम्म पुग्ने गरेको जानकारी दिए। परोपकार घाटसम्म पुगेर सूर्यमाताको अर्घ्य दिन ३ किलोमिटर ५०० मिटर दूरी पार गर्न करिब पाँच घण्टा लाग्ने र यसैको माध्यमबाट विराटनगरवासीलगायत मानव जातिको कल्याण हुने आफ्नो अटुट विश्वास रहेको प्रमुख पराजुलीले बताए ।