एजेन्सी – बलिउड अभिनेत्री प्रीति जिन्टा सरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । बिहिबार उनी र उनका श्रीमान् जिन गुडइनफले प्रशंसकलाई इन्स्टाग्राम पोस्टमार्फत् आफ्ना जुम्ल्याहा बच्चा जन्मेको सर्प्राइज घोषणा गरेका हुन्।


ADVERTISEMENT


इन्स्टाग्राममा प्रीतिले श्रीमान् जीनका साथमा खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘नमस्ते सबैलाई, म आज तपाईंहरु सबैसँग हाम्रो खुसीको समाचार सुनाउन चाहन्छु। जीन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं। हामी जीवनको नयाँ चरणबारे उत्साहित छौं ।’


ADVERTISEMENT

# # #


प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन् । अभिनेत्रीले आफ्नो पोस्टमा सरोगेट र डाक्टहरुलाई पनि धन्यवाद व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्, ‘यो अविश्वसनीय यात्राको हिस्सा भइदिएकोमा डाक्टर, नर्स र हाम्रो सरोगेटलाई हार्दिक धन्यवाद– प्रीति, जीन, जय र जिया।’

प्रीति जिन्टा र जीन गुडइनफले सन् २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए । विवाहपछि उनीहरु अमेरिकाको लस एन्जलसमा बसाइँ सरेका थिए। उनीहरुको जुम्ल्याहाबारे घोषणासँगै प्रशंसकहरु चकित र हर्षित भएका छन्।