धनगढी – नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले जंगे पिल्लरलाई साक्षी राखेर केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भण्डारीले राष्ट्रियताका पक्षमा वकालत गर्ने भन्दै जंगे पिल्लरलाई साक्षी राखेर उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT


नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी सङ्घका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्षसमेत रहेका  भण्डारी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् ।


ADVERTISEMENT

# # #


नेता भण्डारीले शुक्रवार नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिल्लर नबर ७५३-१७१ लाई साक्षी राखेर आफूले राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव वकालत गर्ने बताएका छन् । साथै नेता भण्डारीले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै भण्डारीले भने, ‘ मलाई कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिले अमूल्य मत दिएर महाधिवेशन प्रतिनिधिमा विजयी गराएका छन्, उनीहरूको विश्वासलाई टुट्न नदिन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हो ।  म केन्द्रीय सदस्यमा निर्वाचित भएँ भाे भिजन सहितको मिसन बोकेर पार्टीलाई ‘स्मार्ट कांग्रेस’ बनाउन पहल गर्नेछु । ‘

पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले भने,‘मैले सीमामै उभिएर केन्द्रीय सदस्य उम्मेदवारीको घोषणा गर्नुको कारण प्रवास जानेहरूको पीडा बुझेको र कोरोनाका बेला सीमामा नेपालीहरूले पाएको दुःख देखेका कारण यहीँ क्षेत्र रोजेको हुँ ।’ सीमाबाटै केन्द्रीय सदस्यको घोषणा गरेर नेता भण्डारी कञ्चनपुर हुँदै देश दौडाहामा निस्केका छन् ।