खगेन्द्र घिमिरे, झापा- काकरभिट्टाबाट सप्तरंग–३ यात्रा सुरु हुने भएको छ । भोलि मसिर २४ यस कार्यक्रम पूर्वी भागबाट सुरु हुने भएको हो ।


ADVERTISEMENT


नेपालका सातै प्रदेशमा ‘सप्तरंग–३’को आयोजना हुने सो कार्यक्रममा राष्ट्यि स्तरका कलाकारहरु सहभागि हुँदैछ । गृष्मा ब्रोर्डकास्टिङको आयोजना मा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्टाउनु नै ‘सप्तरंग’को मूल आशय स्वरुप आयोजना हुन लागेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार ले प्रस्तुति दिने आयोजक समिति प्रदेश न १ का कार्यक्रम संयोजक बिकास घिमिरेले जानकारी दिए । पहिलो र दोस्रो संस्करण सम्पन्न भइ सकेको कार्यक्रम तेस्रो पटक काकँरभिट्टामा हुन लागेको हो । २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरु पूर्वी नेपालको काँकरभिट्टा आउने आउँदै छन । काँकरभिट्टामा हजारौ दर्शकहरुले सहभागिता जनाउने छन् ।