काठमाडौं – पार्टीको चौधौं महाधिवेशनको बन्दसत्र सुरू भइसक्दा पनि नेपाली कांग्रेसको इतर समूह साझा सभापतिका उम्मेदवार छान्नै सकिरहेको छैन ।  इतर समूह साझा उम्मेदवार छान्नै असफल भइरहेका छन् ।


ADVERTISEMENT


महाधिवेशनको बन्दसत्रमा पनि सहभागी नभई अनुपम फुडल्यान्डमा शुक्रबार साँझदेखि रातिसम्म बसेको पौडेल समूहको बैठकले साझा उम्मेदवार छान्न नसकेको हो । बैठकपछि नेता शेखर कोइरालाले सभापतिका चार दाबेदारबाट २ मा झरे पनि अझै सहमति नभएको बताए ।
कोइरालाले शनिबार नोमिनेसन चल्दै गर्दा पनि एक जना सभापतिका उम्मेदवार छानेर सहमतिको साथ अघि बढ्ने बताए ।


ADVERTISEMENT

# # #


इतर समूहमा रामचन्द्र पौडेल, शेखर कोइराला , प्रकाशमा सिंहबीच सभापतिको होडबाजी छ । पौडेल सर्वसम्मत उम्मेदवार हुने दाउमा हुँदा कोइराला र सिंह पनि आफ्नो पक्षमा माहोल बनाउन लागेका छन् । यसअघि बिहीबार बिहान बोहराटार पुगेका नेताहरूले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति थालेका थिए, तर प्रकाशमान र शेखर यसमा तयार छैनन् ।