सांसद् हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार काठमाडौंमा त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले वर्तमान परिदृश्यमा दलहरू बीच न्युनतम साझा विषयहरूमा राष्ट्रिय सहमतिको नितान्त आवश्यकता रहेको बताए । लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने र संविधानलाई चलायमान बनाउन भूमिका खेल्ने उनले बताए । उनले संविधान कार्यान्यवयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व सहमति प्राप्त बूदाहरूमा संविधान संशोधन गर्न आवश्यक रहेको धारणा राखे ।


ADVERTISEMENT

# # #


त्रिपाठीले एमसीसी सम्झौता राष्ट्रको हितमा नरहेको समेत स्पष्ट पारे । उनले दलहरुको अभाव भएकै कारण र अन्य दलको आलोचना गर्न नयाँ दल खोलेको नभई नया राजीनीति संस्कार सुरु गर्नका लागि नयाँ दल स्थापना गरिएको तर्क गरे ।

मुलुकको अर्थतन्त्र, बैकिङ्ग क्षेत्रमा देखएका चुनौती आदिको विषयमा अविलम्ब सर्वपक्षीय बहसको आवश्यकता रहेको त्रिपाठीले बताए । कोभिङ–१९को विरुद्ध संघर्ष गर्न तथा सचेत रहन जनता प्रगतिशील पार्टी, नेपालले अपिल पनि गरेको छ । कार्यक्रममा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल लगाएत पनि सहभागी थिए ।