धादिङ– बेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । राससको बुलेटिनमा २०७८ मङ्सिर १५ गत ‘काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका’ शीर्षकमा समाचार प्रकाशित भएपछि गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट, जुत्ता र मोजा उपलब्ध गराएका हुन् ।


ADVERTISEMENT


प्रजा आधारभूत विद्यालय सिमथलीमा गाउँपालिकाका अध्यक्षले उक्त कपडा वितरण गरेका थिए । कसैको घरमा पनि वर्षभर खानपुग्ने अन्न नहुने सिमथली र आसपास क्षेत्रका चेपाङ समुदाय गरिबीसँग सङ्घर्ष गर्दै आइरहेका छन् । गाउँपालिकाले ‘अध्यक्षसँग बालबालिकाको न्यानो माया’ कार्यक्रम अन्तर्गत २० लाख रुप्पैँया खर्चेर एक हजार ५०३ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


सामाजिक विकास शाखाको निर्णय बमोजिम सीमान्तकृत चेपाङलगायत गरिब दलित बालबालिका अध्यायन गर्ने उक्त विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई जाडोबाट बचाउन कपडा वितरण गरिएको शिक्षा शाखाका बोधराज पाठकले जनाए । गाउँपालिकामा रहेका ६९ विद्यालयमध्ये अब २६ विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिने जनाइएको छ । रासस