काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।


ADVERTISEMENT


बुधबार राती सम्मपन्न मतगणानामा सभापति शेरबहादुर देउवा प्यानलका खड्का र र शेखर प्यानलका गुरुङ निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।


ADVERTISEMENT

# # #


 मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बुधबार साँझदेखि सुरु भएको थियो । कूल खसेको ४ हजार ६ सय ७९ मतमध्ये खड्काले सबैभन्दा धेरै मत ल्याएका छन् भने गुरुङले देउवा प्यानलका अर्का प्रत्यासी विजयकुमार गच्छदारलाई झिनो मतान्तरले पराजित गरेका छन् ।

सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।