काठमाण्डौं-श्रीलंकाको गाले प्रान्तमा बौद्ध र मुस्लिम धर्मावलम्वीबीच हिंसा भड्कीएको छ । सडक दुर्घटनाको विवादलाई लिएर हिंसा भड्कीएको हो ।


ADVERTISEMENT


थप हिंसा बढ्न नदिन प्रहरीले सुरक्षा व्यवस्था उच्च पार्नुका साथै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।


ADVERTISEMENT

# # #


अफवाह फैलाई हिंसा बढाउने प्रयास गरेको भन्दै १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिंसा भड्कदा गालेका विभिन्न स्थानमा भवन, पसल, सवारी साधन तथा विभिन्न कार्यालय लगायत भोतिक सम्पत्तिमा तोडफोड भएको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय प्रशासनले हिंसा नियन्त्रणमा आएपनि तनाव कायमै रहेको जनाएको छ । श्रीलंकाका कानुन मन्त्री सागला रत्नायकाले सामाजीक सञ्जालमासद्भाव भड्काउने किसिमका अभिव्यक्ति वा तस्बिर पोस्ट नगर्न चेतावनी दिएका छन् ।