काठमाण्डौं-माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोश्रो पटक प्राथमिक शेयर आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमती मागेको छ ।


ADVERTISEMENT


आयोजनाले २ करोड ६४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले केही दिनअघि नै धितोपत्र बोर्डमा निवेदन पेश गरि सकिएको र सम्भवत पौष मसान्तसम्ममा बोर्डले स्वीकृती प्रदान गर्ने अपेक्षा राखिएको बताए ।


ADVERTISEMENT

# # #


न्यौपानेका अनुसार आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार र अन्य सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार छुट्याएको छ ।

यसअघि पनि प्राथमिक शेयरका लागि अवेदन खुलाइएकोमा स्थानीयलाई अपुग भएको भन्दै विरोध जनाएपछि प्रक्रिया नै स्थगित गरिएको थियो । आयोजनाको ९२ प्रतिशत काम सम्पन्न भइसकेको र अब अपुग २५ प्रतिशतका लागि मात्र आइपीओ जारी गर्न लागेको न्यौपानेले बताए ।

प्रारम्भिक लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएपनि निर्धारित समयमा सम्पन्न नभएपछि आयोजनाको कुल खर्च बढेर ४१ अर्ब ७२ करोड रुपैयाँसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।