भ्यालेन्सियाले आइतबार स्पेनी ला लिगामा स्पान्योललाई २–० ले हरायो । टोलीले अंकतालिमामा शीर्षस्थानको बार्सिलोनालाई पछ्याउने काम जारी राख्यो ।


ADVERTISEMENT


भ्यालेन्सिया शीर्षस्थानबाट ४ अंकको दूरीमा छ । भ्यालेन्सियाका लागि जेफ्री नोन्डोगिबा र सान्टी मिनाले दोस्रो हाफमा गोल गरे । यो लिगमा भ्यालेन्सियाको कीर्तिमानी आठौं लगातार जित हो । योसँगै मार्सेलिनो गार्सियाको भ्यालेन्सिया रियल म्याड्रिडभन्दा ६ अंकले अगाडि रह्यो ।


ADVERTISEMENT

# # #


आइतबार बार्सिलोनाले भ्यालेन्सिया खेल्नेछ । जुन शीर्षस्थानमा रहेका दुई टिमको महत्त्वपूर्ण भिडन्त हुनेछ । ‘हामी बार्सिलोनालाई पराजित गर्न चाहन्छौं,’ भ्यालेन्सियाका सहायक प्रशिक्षक रुबेन उरियाले प्रतिक्रिया दिएका छन्, ‘तर हामी अहिले नै उपाधिको होडमा छौं भन्न चाहन्नौं ।’

आइतबार अर्को खेलमा मागालाले ५ गोलको रोमाञ्चक खेलमा डेपोर्टिभो ला कोरुनालाई ३–२ ले हरायो । पुछारबाट तेस्रो स्थानमा उक्लियो ।