काठमाडौँ – समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेड बिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोद राज पौडेल र कुमारी बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तराष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पुर्ण शाखाहरु बाट सजिलै लिन सकिने फाइनान्सले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ ।