काठमाडौं – लुम्बिनी सरकारबाट नेकपा एमाले बाहिरिएको छ । बिहिबार एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्। महरा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन् । एमालेबाट आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसी मन्त्री बनेका थिए ।
योसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ।



























































