धनुषा– बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले देशका विभिन्न भागमा संयुक्त चुनावी सभा गरिरहेका बेला राजपा र संघीय समाजबादी फोरमले पनि मंसिर नौ गतेबाट संयुक्त चुनावी सभा गर्ने भएका छन् । राजपा र फोरमले २ नम्बर प्रदेशका आठवटा जिल्लामा संयुक्त सभाको आयोजना गर्न लागेका हुन् ।


ADVERTISEMENT


२ नम्बर प्रदेशमा दोस्रो चरणअन्र्तगत मंसिर २१ गते निर्वाचन हुदैछ । दुई नम्बर प्रदेशमा राजपा र फोरम नेपालले गठबन्धन बनाएर संयुक्त उम्मेद्वारी दिएका छन् । यो गठबन्धनले मंसिर ९ गतेबाट २ नम्बरका आठवटै जिल्लामा संयुक्तसभा गरेर चुनावी गतिविधिलाई तिव्रता दिने भएका हुन् ।


ADVERTISEMENT

# # #


उनिहरुको पहिलो संयुक्त सभा मंसिर ९ गते सप्तरीको राजविराजमा हुनेछ । राजविराजमा हुने संयुक्त सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहीत राजपाका शीर्ष नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा नेपालका प्रवक्ता कृष्णा सिंहले जानकारी दिए ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्दैछन् । त्यस्तै दोस्रो संयुक्त चुनावी सभा मंसिर १६ गते जनकपुरधाममा हुनेछ ।

जनकपुरधाममा हुने बृहत चुनावी सभाको तयारी भईरहेको प्रवक्ता सिंहले बताए । धनुषा क्षेत्र नम्बर ३ बाट राजपाका नेता राजेन्द्र महतो प्रतिनीधिसभा सदस्यको निर्वाचनमा उठेका छन् । जनकपुरमा हुनेसभालाई नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले सम्बोधन गर्ने तयारी भएको छ ।

राजपा र फोरम नेपालले राजविराज र जनकपुरका अलावा बिरगंज, गौर, मलंगवा, जलेश्वर र लहानमा पनि संयुक्त सभा आयोजना गर्ने तयारी भएपनि मिति तय भैनसकेको जनाएका छन् ।