काठमाडौँ – कांग्रेस महामन्त्री गगन कुमार थापाले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट निकास दिन सबै दल तयार रहनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री थापाले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार संसदको रहेकाले त्यसलाई रोक्न नहुने बताए ।


ADVERTISEMENT

# # #


उनले माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, प्रचण्ड, केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै यसलाई सदन छिटो अघि बढाउनुपर्ने बताए ।

एमसीसीलाई संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने उनको भनाई छ । उनले कुनै पनि विषयमा कुरा मिल्न नसके गठबन्धनलाई जोगाईराख्न आवश्यक नहुने पनि उल्लेख गरे ।