काठमाडौं –  वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा शनिबार वाणिज्य दूतावास परिसर भित्र तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना गरिएको छ । आजादी का अमृत महोत्सव मनाउने क्रममा  कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT


ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरे । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकनसुलर गुनासो सम्बोधन गर्नु थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबनधक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो र उनको गुनासाहरु सम्बोधन गरिएको थियो ।