काठमाडौं – नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)ले पहिलो पटक मेची महाकाली मोटर र्‍याली यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर र्‍यालीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी  हुनेछन् ।

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आज विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर एन.वाइ.इ.एफ.को मेची महाकाली मोटर र्‍यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका थिए ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



एन.वाइ.इ.एफ.का अध्यक्ष  उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबर्धन गर्न यो मोटर र्‍याली देशव्यापी रुपमा आयोजना गरिएको हो र यसको मुख्य उद्देश्यहरुमा –
१)जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो जसले सहास र मनोरञ्जन प्रदान गर्छ ।
२)व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन यसले सघाउ पु¥याउछ ।
३)यस मोटर ¥यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने ।
४)व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पुर्याउँछ ।
५) शका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस र्‍यालीको मुख्य उद्देश्य रहेको छ ।

मोटर र्‍याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्‍यालीको विधिवत् समापन हुनेछ ।