काठमाडौं – भुगर्भ सिमेन्टले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरमा सेयर निष्कासन गर्न लागेको हो ।


ADVERTISEMENT


कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्नेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली कम्पनीका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ ।


ADVERTISEMENT

# # #


सो सम्बन्धमा भुगर्भ सिमेन्ट र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच बिहीबार धितोपत्र निष्कास तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पत्रमा भुगर्भ सिमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।