काठमाडौँ – गृह मन्त्रालयद्वारा राष्ट्रिय परिचयपत्र वितरण प्रभावकारी र सहज हुनेगरी व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन जारी गरिएको छ ।


ADVERTISEMENT


मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा तोकिएका २८ जिल्लामा भीड बढेको र ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सेवा लिन असहज भएको गुनासो आएकाले समस्याको पहिचान गरी सम्बोधन गर्न निर्देशन गरिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नभएकाले सोही अनुसार व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।