काठमाडौँ – पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले शुबक्रबार बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।


ADVERTISEMENT


नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।


ADVERTISEMENT

# # #


थापाविरुद्ध पक्राउ पूर्जी जारी भए पनि उनी फरार रहेका थिए । यही मुद्दामा एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, काँग्रेस नेता बालकृष्ण खाँण, केशव दुलाल र सानु भण्डारी लगायत पक्राउ परेका थिए । रायमाझी लगायतका व्यक्ति हाल थुनामा रहेका छन् भने खाँण लगायत केही धरौटीमा रिहा भइसकेका छन् ।