काठमाण्डौं-प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलहरू दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएका छन् । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । यी क्षेत्रमा राजनीतिक दल एवं उम्मेदवारहरूको चुनावी कार्यक्रमले तीव्रता पाएको छ ।


ADVERTISEMENT


पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका प्रभावशाली नेताहरूको प्रत्यक्ष सहभागिता दोस्रो चरणको निर्वाचनको चुनावी कार्यक्रममा हुने भएपछि चुनावी कार्यक्रम झनै रोचक हुने भएको छ । २१ मंसिरमा हुने निर्वाचन प्रचारमा पहिलो चरणमा निर्वाचन मैदानमा रहेका नेताहरूसमेत सहभागी हुँदै छन् । उनीहरूमाथि भने दोहोरो जिम्मेवारी छ ।


ADVERTISEMENT

# # #