काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र नीजि क्षेत्रले बृहत छलफल र सम्वाद गरेर समाधान गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरुलाई पनि सम्बादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै उहाले आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात घटाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा बिभिन्न व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।