काठमाडौं – भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


भि २३ फाइभजी एक स्मार्टफोन हो जुन उल्लेखनिय पोर्ट्रेटहरू र सेल्फीहरूका लागि फोटोग्राफी सुविधाहरू सहित ट्रेन्ड सेटिङ डिजाइनका साथ आउँछ । भि २३ फाइभजी को ५० एमपी अटोफोकस पोर्ट्रेट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेरा कायम गरेको छ । भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरिदा प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर आकर्षक देखिन्छ ।


ADVERTISEMENT

# # #


भि २३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोडको साथमा नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ । भि २३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ। भि २३ फाइभजी ७.३९ एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा डिजाइन गरिएको हो ।

डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ । भि २३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्दछ । गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोड छन् ।

भि २३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२०० एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।

वाई सिरिजका फोनहरु सार्वजनिक

वाई ३३एस को सार्वजनिकसँगै “फिचर–रिच स्मार्टफोन्स” मार्फत बजेट–अनुकूल युवाहरूलाई लक्षित गर्ने भिभोको दृष्टिकोणलाई अगाडि बढाएको छ । ट्रिपल क्यामेरा भएको, भिभो वाई ३३ एसमा ५० एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा रहेको छ । ५० एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक अनुमति दिन्छ र उच्च स्पष्टता फोटोग्राफीलाई पुनःपरिभाषित गर्दछ । यसबाहेक, सुपर नाइट सेल्फी आवाज घटाउने प्रविधि र औरा स्क्रिन लाइटले रातमा प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि प्रकाश प्रदान गर्दछ । वाई ३३ एसमा सुपर–शक्तिशाली, लामो समयसम्म चल्ने ५००० एमएएच ब्याट्री, ५० एमपी रियर क्यामेरा, र १८ वाट्ट फास्ट चार्ज रहेको छ । स्लिम ८।० एमएम स्लीक बडीमा प्याक गरिएको उत्कृष्ट क्यामेराको साथ स्मार्टफोनले सिमलेस स्मार्टफोन अनुभव प्रदान गर्दछ ।

वाई ०१ को स्टाइलिश थ्रीडी ब्याक कभरले ८.२८ एमएम पातलो बडीले ट्रेन्डी लुक दिन्छ । ठूलो ब्याट्री र प्रोसेसर भएपनि यो १७८ ग्राम तौलको अत्यन्तै हल्का स्मार्टफोन हो । ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ अनुभव प्रदान गर्दछ । यो डिभाइसमा ५००० एमएएच ब्याट्री रहेको छ जसले प्रयोगकर्ताहरूलाई हेलियो पी ३५ प्रोसेसर र विशेष मल्टि–टर्बो ३.० टेक्नोलोजीद्वारा समर्थित २ं३२ जीबी र्यामको साथ एकै चार्जमा धेरै कामहरु गर्न र उच्च ग्राफिक गेमहरू चलाउन अनुमति दिन्छ ।

मूल्य र उपलब्धता

भिभोका तीनवटा स्मार्टफोनहरु – भि २३ फाइभजी, वाई ३३ एस, वाई ०१ आजबाट देशभर उपलब्ध हुनेछन् । भिभो भि २३ फाइभजीको मूल्य ५५,९९९ रुपैयाँ रहेको छ र यो ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।

वाई३३एस २९,९९९ रुपैयाँमा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई ०१ १३,९९९ रुपैयाँमा २ जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुनेछ ।