काठमाडौँ – नेकपा एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकले काँग्रेस-एमालेको नयाँ गठबन्धन बनेसँगै नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्षसहित भोलिसम्मको समय दिएको हो ।


ADVERTISEMENT


बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिको स्वागतसहित समर्थन गरेको छ  । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने नयाँ राष्ट्रिय सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले आफूहरुले वर्तमान सरकारको निरन्तरतामा जोड दिएका बेला सत्ता साझेदार दलहरुसंग छलफल नगरी प्रधानमन्त्री स्वयंले राष्ट्रिय सहमतीय सरकारको बहस चलाएको तर एमालेले विपक्षी दलबाट जानकारी पाउनुपर्ने अवस्था गम्भीर भएको बताए ।

उनले प्रधानमन्त्रीले नै राष्ट्रिय सहमतिय सरकारको कुरा गरेपछि अहिले नयाँ कोर्शमा पुगिएको जिकिर गरे । ज्ञवालीले संविधान बनेको लामो समय भइसक्दा यसको कमी कमजोरीका बारेमा समिक्षा गर्ने र राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन गर्दै अघि बढ्ने बताए ।