काठमाडौँ – सहकारी गठी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ । मंगलबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।


ADVERTISEMENT


सहकारी ठगीमा प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध किटानी जाहेरी परेको र उनी पदमा बहाल रहे अनुसन्धान प्रभावित हुने भन्दै अधिवक्ता अनुपम भट्टराईले उनलाई निलम्बन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


ADVERTISEMENT

# # #


उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले अदालतले कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो । फाइल आएसँगै सर्वोच्चले अन्तिम सुनुवाई अघि बढाएको हो ।

आज हेर्दाहेर्दैमा राखिएको उक्त रिटमाथि भोलि पुनः सुनुलाई हुनेछ ।