धनुषा –जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ ।


ADVERTISEMENT


राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको फूलगामास्थित चुनावी सभामा सहभागि भएर फर्किने क्रममा यादवको गाडीलाई लक्षित गरेर शनिबार साँझ बम प्रहार गरिएको हो ।
बम कसले प्रहार गरेको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनापछि सो क्षेत्रमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

यद्यपी सो बम यादवको गाडी भन्दा केहि मिटर पर पडिकएको प्रत्यक्षदर्शीले जनाएका छन् । यादव सुरक्षित छन् ।