काठमाडौँ– नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठले गगन थापाको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।


ADVERTISEMENT


‘यस क्षेत्रका लागि कांग्रेस बाहेकको विकल्प छैन’ निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक समेत रहेका उनले भने, ‘गगन थापा जस्तो देश हाक्न सक्ने राजनीतिक व्यक्तित्वसामू अन्य कसैको प्रतिस्पर्धा हुन सक्दैन । ४ नं क्षेत्रमा कांग्रेसले जित्यो, जित्यो । ’


ADVERTISEMENT

# # #


वाम गठबन्धनका नाममा अर्को पटक भोट हाल्न नपाउने स्थिति निम्त्याउन खोजेको आरोप लगाउँदै उनले लोकतन्त्र बचाएर समृद्धि ल्याउन रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

कम्युनिस्ट नेतातर्फ कटाक्ष गर्दै उनले प्रश्न गरे, ‘छोराछोरी पढाउन, उपचार गर्न लोकतान्त्रिक व्यवस्था भएकै देशमा जानुपर्ने अनि आफ्नो देशमा चाही साम्यवाद ल्याउने ? हिमालय पोष्टसंग अन्तवार्ता दिँदै उनले सो प्रश्न गरेका हुन् ।

विस्तुत अन्तर्वार्ता आज बेलूका हिमालय पोष्टमा पढ्न सकिनेछ ।