काठमाडौं – बलिउड अभिनेता शाहिद कपुरले आफ्नो करियरमा एकसे एक हिट फिल्म दिएका छन् । त्यसको पछिल्लो नाम हो, ‘कवीर सिंह’। यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो। यो फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी थिइन् ।


ADVERTISEMENT


‘कवीर सिंह’ रिलिज भएको ३ वर्ष पुरा भएको छ। यही मेसोमा फिल्मका निर्माताद्वय मुराद खेतानी र भुषण कुमारले यसको सिक्वेल ल्याउने तयारी गरिरहेका छन् । यो कुराको खुलासा उनीहरुले फिल्म ‘भूल भुलैया २’को सफलतामा गरेका हुन् ।


ADVERTISEMENT

# # #


गत २० मेबाट प्रदर्शनमा आएको कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भूल भुलैया २’को निर्माता पनि मुराद र भुषण नै हुन् । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन्।

उनीहरुलाई सञ्चारमाध्यमले ‘अब कुन फिल्मको सिक्वेल लिएर आउँदै हुनुहुन्छ ?’ भनी सोधेका थिए । ‘कवीर सिंह एक आइकोनिक चरित्र हो। त्यसकारण अब यही फिल्मको सिक्वेल दर्शकमाझ आउनेछ’, दुवैले एकसाथ भनेका थिए।