काठमाडौँ– आइतबार बिहानदेखि सम्पर्कविहिन तारा एयरको जहाज दुर्घटनाबारे पुष्टि नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । हिमालय पोष्टसंगको टोलिफोन संवादमा उनले अहिलेसम्म जहाजको दुर्घटनाबारे पुष्टि नभएको बताएका हुन् ।


ADVERTISEMENT


‘जहाज हराएकै अवस्थामा छ । अहिलेसम्म खोजीकार्य जारी नै छ’, सीडीओ शर्माले हिमालयपोष्टलाई भने, ‘दुर्घटना भएको भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन ।’


ADVERTISEMENT

# # #


यद्यपि हराएको लामो समयसम्म पनि जहाज सम्पर्कमा नआएकाले दुर्घटनाको आशंकासम्म गर्न सकिने तर, यसको आधिकारिक पुष्टि भने भइनसकेको उनले बताएका छन् ।

सम्बन्धित समाचार : पोखरा–जोमसोम फ्लाइटको तारा एयर सम्पर्कविहीन

सम्बन्धित समाचार : सम्पर्कविहिन तारा एयरको खोजीका लागि हेलिकप्टर परिचालन

सम्बन्धित समाचार : सम्पर्कविहिन तारा एयरको जहाजमा को–को छन् ?

सम्बन्धित समाचार : कोबाङबाट धौलागिरी हिमालतर्फ गएको थाहा भयो, जहाजको अवस्था अज्ञात नै छ : डीएसपी दानी

सम्बन्धित समाचार : उद्वारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर र घाँसापोष्टबाट पैदली टोली परिचालित