काठमाडौँ– तारा एयरलाइन्सले सम्पर्कविहिन जहाजका चालक दललगायत अन्य सबै यात्रुहरुको फोनसम्पर्क विच्छेद भएको बताएको छ । एयरलाइन्सका अनुसार, पाइलट तथा चालक दलका सदस्यलगायत जहाजमा सवार २२ जनाकै मोबाइल सम्पर्क टुटेको हो ।


ADVERTISEMENT


‘फोन लागिरहेको छ भन्ने कुरा गलत हो । हामीले २२ जनालाई नै फोन ट्राई गरिसक्यौँ । कसैको फोन लागेको छैन’, एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्ताैलाले हिमालयपोष्टलाई भने, ‘नेपाल टेलिकमलाई बुझ्दा अन्तिम पटक लार्के भन्ने एरियामा ट्रयाकिङ भएको देखाएको मात्रै हो ।’


ADVERTISEMENT

# # #


हवाईमार्गबाट उद्वारमा कठिनाई भएको र स्थलमार्गबाट गएको उद्वार टोली घटनास्थलसम्म नपुगेकाले घटनाबारे थप पुष्टि गर्ने तथ्य नभएको एयरलाइन्सले जनाएको छ ।

सम्बन्धित समाचार : पोखरा–जोमसोम फ्लाइटको तारा एयर सम्पर्कविहीन

सम्बन्धित समाचार : सम्पर्कविहिन तारा एयरको खोजीका लागि हेलिकप्टर परिचालन

सम्बन्धित समाचार : सम्पर्कविहिन तारा एयरको जहाजमा को–को छन् ?

सम्बन्धित समाचार : कोबाङबाट धौलागिरी हिमालतर्फ गएको थाहा भयो, जहाजको अवस्था अज्ञात नै छ : डीएसपी दानी

सम्बन्धित समाचार : उद्वारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर र घाँसापोष्टबाट पैदली टोली परिचालित

सम्बन्धित समाचार : तारा एयरको जहाज दुर्घटना पुष्टि भइसकेको छैन : सीडीओ शर्मा