काठमाडौँ – नेपाली सेनाले अध्ययन प्रयोजनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को वैशा २५ गतेको निर्णय अनुसार शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रदेश नं. १ स्थित सो विश्वविद्यालयलाई रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि हाल प्रयोगविहीन अवस्थामा रहेको एनए–०३९ हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जा सेनाले हस्तान्तरण गरेको हो ।

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारतले नेपाललाई वि.सं. २०५८ मंसिर २६ गते नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरेको थियो ।

निर्माता कम्पनीले तोको उडान अवधि पूरा गरेपछि उक्त हेलिकोप्टर ग्राउन्डेड भएको थियो । हेलिकोप्टर र सामग्री हस्तान्तरणपश्चात विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ ।