काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पार्टी विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको र आफ्नै बलमा चुनाव उठेको भए धेरै स्थान विजयी गर्ने दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी पार्टी निर्माण कार्यलाई तीव्रता दिने धारणा पनि राखे । अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्ने बताए । त्यस्तै पार्टीका मन्त्रीहरु परिवर्तनमा बिषयमा कोहि पनि असन्तुष्ट नरहेको दाबी गरे ।

उनले मन्त्री परिवर्तन गर्ने दवाव अरु दलमा पनि आएको हुनसक्ने भएकाले तर्क गरे ।