काठमाडौं-कपिलवस्तुमा कांग्रेस उम्मेदवारको चुनावी गाडीमा बम बिस्फोट गराइएको छ । कपिलवस्तुको क्षेत्र नं १ (क) बाट कांग्रेसका उम्मेदवार पुरन थारूको गाडीमा विष्फोट गराइएको हो ।


ADVERTISEMENT


बिस्फोटबाट उनले प्रचारप्रसारमा प्रयोग गर्ने गाडी पूर्ण रुपमा जलेको छ । विष्फोटबाट अन्य कुनै क्षति भने भएको छैन ।


ADVERTISEMENT

# # #


उनी थारू समुदायका लोकप्रिय नेता मानिन्छन् । घटना लगत्तै प्रहरीले बम आक्रमण गर्नेको खोजी शुरु गरेको प्रहरीले जनाएको छ ।