सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।


ADVERTISEMENT


जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४२ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


बिहान हृदयघात भएपछि उनी बसेकै ठाउँमा ढलेका थिए । उनलाई उपचारका लागि चौतारा अस्पताल लगिएको थियो । उपचाररत अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृतकको आफन्त आइपुगेपछि पोस्टमार्टम गरिने अस्पतालले जानकारी दिएको छ ।