काठमाडौँ –पूर्व.अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थप गरिएको छ । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप्ने प्रस्ताव गरेका थिए । सभामुखको प्रस्ताव सदनले स्वीकृत गरेको हो ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न असार २२ मा समिति बनेको थियो । सोही दिन शर्माले अर्थमन्त्री पदबाट राजीनामा समेत दिएका थिए ।


ADVERTISEMENT

# # #


समितिलाई १० दिनको समय अपुग भएपछि बुधबार म्याद थप गरिएको हो ।यो अवधिमा समितिले अर्थमन्त्रालयका विभिन्न पदाधिकारी, समाचार प्रकाशित गर्ने सञ्चारकर्मी र जनार्दन शर्मासँग बयान लिएको थियो । बुधबार बयान दिनेक्रममा शर्माले बजेट निर्माणका अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको बताएका थिए ।