काठमाण्डौं-निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।


ADVERTISEMENT


हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा र फोरमले २-२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।