काठमाण्डौं-शुक्रवार बुलेकाबाट मतगणना सुरु भएको प्यूठानमा सुरुवात चरण देखि नै बामगठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । एक प्रतिनिधि सभा सदस्य र २ वटा प्रदेश सभा सदस्य क्षेत्र रहेको प्यूठान जिल्लामा बाम गठबन्धनका ३ वटै उम्मेदवारहरु अगाडि छन् ।


ADVERTISEMENT


प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ५९०२ मत ल्याएकी छन् उनलाई पच्छाउदै लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोख्र्रेलले ३७१० मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र १ मा बामगठबन्धनतर्फ नेकपा एमालेबाट उम्मेदवार बनेका हरि प्रसाद रिजालले ५२७९ मत ल्याएका छन् उता नेपाली कांग्रेसका टेक प्रसाद भण्डारीले २६५० मत ल्याउन सफल भएका छन् । प्रदेश सभा क्षेत्र नं. २ मा बाम गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार कृष्णध्वज खड्काले ४१३६ मतले ल्याइ अग्रता कायमै राखेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमर प्रसाद भण्डारीले २७६५ मत ल्याएका छन् ।

प्यूठान जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि उम्मेवदार बनेका अन्य राजनीति दलका उम्मेदवारले सामान्य मत ल्याएका छन् । जम्मा १ लाख ३८ हजार ६ सय मतदाता रहेको प्यूठानमा ९० हजार ५ सयको मत खसेको थियो । यतिवेला जिल्ला समन्वय समिति सदमुकामको हलमा मतगणना भइरहेको छ । प्यूठानी जनताको मुहान फेर्ने नेतृत्वको अनुहार देख्न अझै केही लाग्ने छ ।

हालसम्म प्रतिनिधि सभाको १०७५८ मतगणना हुंदा प्रदेश सभा क्षेत्र नं. १ तर्फ ८६९० र क्षेत्र नं. २ तर्फ ७७८३ मतगणना भइसकेको छ