काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भएको खण्डमा सत्ता सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ । अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस् त्यसो भएमा हामी गठबन्धनमा सहकार्य गरेर जान्छौँ । प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको थियो त्यसबारे चाँडो टुङ्ग्याइदिन हामीले भन्यौँ ।’

नेता महतोले सत्ता साझेदारिता, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको जानकारी दिए । ‘प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्याँै । विशेषगरी नागरिकताका विषयमा कुराकानी ग¥यौँ । विधेयकलाई प्रक्रिया पु¥याएर आजै संसद्बाट टुङ्गो लगाउने भन्नुभएको छ’, उनले सुनाए । नेता महतोले प्रधानमन्त्रीको प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको भन्दै उक्त प्रयोजनका निम्ति गठबन्धनले निर्णय गरेको खण्डमा सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीसँगको छलफलमा लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत नेताहरु सहभागी थिए । रासस