काठमाण्डौं-कांग्रेसको किल्ला मानिएको नुवाकोटमा वाम गठबन्धनले क्लिन स्विप गरेको छ । कांग्रेसका हेभिवेट उम्मेदवार मानिएका डा रामशरण महत र अर्जुननरसिंह केसीले आफ्नो किल्ला जोगाउन सकेनन् ।


ADVERTISEMENT


क्षेत्र नम्बर १ मा हितबहादुर तामाङ ३६ हजार ४७३ मत ल्याएर विजयी भए । महत २७ हजार ९२० मा खुम्चिए । सोही क्षेत्रको प्रदेश (क) मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १ ३७ मतका साथ विजयी भइन् भने प्रदेश (ख) मा एमालेका बद्री मैनाली २० हजार ५०९ मतकासाथ विजयी भए।


ADVERTISEMENT

# # #


यता क्षेत्र नम्बर २ मा अर्जुननरसिंह केसीलाई पराजित गर्दै एमालेका नारायणप्रसाद खतिवडा विजयी भएका छन् । खतिवडाले ३६ हजार ८९२ मत पाए भने अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत पाए।

यसैगरी क्षेत्र २ को प्रदेश क मा एमालेका केशव पाण्डे १५ हजार ६३० मत पाएर विजयी भए । प्रदेश (ख) मा माओवादीका हीरानाथ खतिवडा १७ हजार ६२ मतका साथ विजयी भए। उनका प्रतिद्वन्दवी कांग्रेसका जगत तामाङले १४ हजार ५२ मत पाए ।