काठमाण्डौं-दाङ क्षेत्र नं. १ क बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका इन्द्रजीत थारु ५ हजार ८ सय ९३ मतान्तरले विजयी भएका छन् । उनले १७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


चौधरी २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट सभासद् विजयी भएका थिए । त्यसपछि मोहन वैद्य नेतृत्वको माओवादीमा लागेका थारु फेरि माओवादी केन्द्रमै फर्केर दोस्रोपटक विजयी भएका छन् ।


ADVERTISEMENT

# # #