काठमाडौँ– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण आशिंक रुपमा शैक्षिक क्षेत्र र यातायात क्षेत्र प्रभावित भएको छ ।


ADVERTISEMENT


बन्द आह्वानका कारण अधिकांश शैक्षिक क्षेत्र बन्द भएपनि काठमाडौंमा भने यातायात पूर्ण रुपमा सञ्चालनमा आएका छन् । बन्दकर्ताले काठमाडौंमा बिहानै केहि स्थानमा सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना गर्न खोजेपछि बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको थियो । सो क्रममा केहि बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


बन्दका कारण उपत्यकाबाहिरका केहि स्थानमा पूर्ण तथा आंशिक प्रभाव परेको छ ।