काठमाडौं-प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


गणना बाँकी रहेका ४ जिल्लामा मतगणना अन्तिम चरणमा पुगेकाले आज अन्तिम परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फको सवै नतिजा हिजो सार्वजनिक गर्ने बताएपनि ४ जिल्लाको मतगणना नसकिएपछि निर्धारित समय भन्दा १ दिन ढिलो भएको हो । हालसम्म ९४ लाख हाराहारीमा गतगणना सकिएको आयोगका सुचना अधिकारी नारदमनी गौतमले जानकारी दिए । पछिल्लो मतपरिणाम अनुसार एमालेले ३१ लाख ३० हजार ४ सय २९ मत सहित समानुपातिक तर्फ पनि आफुलाई पहिलो दलको रुपमा उभ्याएको छ ।


ADVERTISEMENT

# # #


कंग्रेस ३० लाख ६८ हजार ३ सय २४ मतका साथ दोस्रो र माओवादी केन्द्र १२ लाख ७४ हजार ५ सय ४४ मतका साथ तेस्रो स्थानमा छन् । चौथो स्थानको संघिय समाजबादी फोरमले ४ लाख ५९ हजार ५ सय ९९ र राष्ट्रिय जनता पार्टी राजपाले ४ लाख ४७ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । समानुपातिक तर्फको करिब ३ लाख मतगणना बाँकी रहँदा ५ दलले मात्र थ्रेसहोल्डको सिमा कटाएका छन् ।

प्रत्यक्षमा एक एक सिट जितेका नयाँ शक्ति, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको राष्ट्रिय दल बन्ने सम्भावना न्युन देखिएको छ ।

गणना जारी रहँदा विवेकशिल साझा पार्टीले २ लाख ११ हजार र राप्रपाले १ लाख ९३ हजार मत प्राप्त गरेका छन् ।