काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री र प्रचण्डबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री र प्रचण्डबीचको वार्ता अहिले चलिरहेको छ ।