काठमाडौं –  प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक बीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट समझौता भएको छ । मिति २०७९ कार्तिक २९ गते मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो । सम्झौता अनुसार उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने आउट सोर्सिंगगरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् ।


ADVERTISEMENT


यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको याप डाउनलोड  गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ । सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

नेपाली पूँजी बजारमा भिडियो केवाइसी  मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।