काठमाडौँ – काठमाडौँमा जारी एभरेस्ट प्रमियर लिगको तेस्रो अर्थात आजको दोस्रो खेलमा विराटनगर किंसद्वारा ललितपुर प्याट्रियट्ससामू १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


किर्तीपुरस्थित टीयू मैदानमा ब्याटिङ थालेको विराटनगरले पूरा ओभर खेलेर ६ विकेट गुमाउँदै १५० रनको योगफल तयार गर्यो । पाँचौ स्थानमा आएका अनिल कुमार शाहले कप्तान पारस खड्कासंग ७४ रनको साझेदारी गरेपछि विराटनगरले राम्रो स्कोर बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि अनिलकुमार शाहले सार्वाधिक ४७ रन बनाए । ३५ बलको सामना गरेका उनी अर्धशतक बनाउनबाट चुके । यस्तै कप्तान पारसले ३६ बल खेलेरु ३७ रन बनाए । विराटनगरका लागि आएका हङकङको राष्ट्रिय टिमको कप्तान बाबर हायातले ३४ रन बनाए ।

यस्तै अंशुमान रथले १४, आसिफ सेखले ४ रन बनाउँदा पुस्प थापा शुन्य रनमा रन आउट भए । यस्तै करण केसी पाँच रनमा नट आउट रहे ।

यता ललितपुरका लागि सन्दीप लामिछानेले २ विकेट लिए । योगेश नागर र एस भाटीको नाममा समान ११ विकेट रह्यो । ललितपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।