काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रले पहिलो जित निकालेको छ । सिन्धुली–२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका हुन् ।


ADVERTISEMENT


दाहालले नेकपा एमालेका मनोजजंग थापालाई ५ हजार ८३० मतान्तरसहित हराउँदै संघीय संसदको यात्रा तय गरेका हुन् । विजयी दाहालले २७ हजार ५१७ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहाल १ हजार ५५३ मतसहित तेस्रो भए ।